असोज १ गते शोक विदा
काठमाडौं: सरकारले जेनजी आन्दोलनको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । सो आयोगको अध्यक्षमा पुर्व न्यायाधीश रहनेछन् ।
यसैगरी मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।यसैगरी मृतकका परिवारलाई राहत स्वरुप १० लाख र अन्य थप सहयोग वापत ५ लाख गरी १५ लाख रुपैया दिने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । यस्तै घाइतेको निशुल्क उपचार गर्ने र मृतकको शव घरमा लैजान आवश्यक सहयोग गर्ने निर्णय समेत गरिएको छ ।
२०८२ भाद्र ३०, सोमबार १९:५२ प्रकाशित


