काठमाडौं । ललितपुर महानगरपालिकाले लगखनखेल क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको छ । आज बिहान महानगर प्रहरी बलले ललितपुर जिल्ला अदालत अगाडि न्हुँःपोखरी आसपासका टहराहरूमा डोजर चलाएको हो ।
नगरप्रहरी प्रमुख सीताराम हाछेथुले सरकारी जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको जानकारी दिए ।
ललितपुर चोकबाट जिल्ला अदालत हुँदै महालक्ष्मीस्थानतर्फ जानेतर्फको दायाँबायाँ अनधिकृत संरचना बनाएर सटर भाडामा लगाइएको थियो ।
यसक्रममा बुद्धि विकास मण्डलको भवन र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको संरचना पनि भत्काइएको छ ।
२०८२ भाद्र २२, आईतवार १४:२४ प्रकाशित


