काठमाडौं । अर्थ मन्त्रालयले १२ जना सहसचिवहरुको सरुवा गरेको छ । शुक्रबार मन्त्रालयले १२ जना सहसचिवको सरुवा गरेको हो ।
भन्सार विभागको महानिर्देशकमा श्याम भण्डारी गएका छन् भने भन्सार विभागको पुर्वमहानिर्देशक महेश भट्टराईलाई मन्त्रालयमा तानिएको छ । यस्तै, दिलिपकुमार गौतम ठूला करदाता कार्यालयमा गएका छन् ।
कार्यालयका पुर्वप्रमुख रमेश अर्याल आन्तरिक राजस्व विभागमा सरुवा भएका छन् भने सहसचिव सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् ।
यस्तै, सहसचिव टंकप्रसाद पाण्डे योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनेका छन् भने महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बनेका छन् । यसैगरी टेकनाथ लम्साल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख बनेका छन् । भरतमणी पाण्डे भन्सार विभागका उपमहानिर्देशक बनेका छन् ।
दिपक लामिछाने महालेखा नियन्त्रक कार्यालय र जनकराज शर्माको आन्तरिक राजस्व विभागमा सरुवा भएको छ । पदमकुमार श्रेष्ठ मध्यमस्तरिय कर कार्यालयका प्रमुख बनेका छन् । विष्णुप्रसाद ज्ञावाली वीरगञ्ज भन्सार कार्यालयका प्रमुख बनेका छन् ।

