फैसलालाई अतिरञ्जित गरिएको भन्दै आपत्ति
‘राई विरुद्ध विना आधार प्रश्न उठाउने सबै विक्षिप्त मनोवृत्तिवाट ग्रसित’
लुटतन्त्र मच्चाउने खेल बन्द गर्न चेतावनी
‘राईले अनियमितता गरेको कुरा सोच्न पनि सकिदैन’
‘हात्ती अघि बढ्दै गर्दा भुसुना र कुकुरहरुले भुक्न थाले ’
काठमाडौ
झण्डै १ लाखको संख्यामा रहेका निजामती कर्मचारीमध्ये अधिकांशले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई रोलमोडल प्रशासकको रुपमा अझै पनि उत्तिकै स्मरण गर्दै स्नेह दर्शाउँछन । हिजो निजामती प्रशासनमा झण्डै ३५ वर्ष विताउँदा कहिल्यै विवादमा नपरेका निष्कलंक छविका राई ‘एक्सन ओरेण्टेड’ प्रशासकको रुपमा चिनिन्थे । उनले अनियमितता गर्ने कुरा कल्पना भन्दा बाहिरको थियो । राईको नाम लिदा अहिले पनि कतिपय प्रशासक र कर्मचारीहरु आफ्नो छात्ती गर्वले ढक्क फुल्ने गरेको बताउँछन् । इमानमा पक्का, नैतिकवान र पारदर्शी थिए राई । जस जसले उनीसँगै बसेर काम गरे अथवा नजीक वा टाढाबाट चिने उनीहरु सबै राईको कामबाट प्रभावित मात्रै भएनन् उनलाई रोलमोडल प्रशासक समेत माने । सम्भवत लाखौ कर्मचारीमध्ये राई इमान र नैतिकतामा औलामा गनिन सक्ने प्रशासक रहेको अधिकांश कर्मचारीहरु बताउँछन् । त्यस्ता इमानका खानी राईलाई साढे चार वर्ष अघि सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाएपछि ‘राईट म्यान इन द राइट प्लेस भन्दै आम कर्मचारी र जनतामा खुशीयाली छाएको थियो । राई नेतृत्वको अख्तियारले साँच्चै नै मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न उल्लेख्य काम गर्ने विश्वास गर्दै खुशीयाली छाएको थियो । राईले जनचाहना अनुसार भ्रष्टाचारीहरु माथि कठोर कारवाही चलाउदै आएका छन् ।
अहिले तिनै भ्रष्टाचारमा संलग्न भएर कानुनी कारवाही भोगिरहेका व्यक्तिहरुको योजना र केहि माफिया विचौलियाहरुको साँठगाँठमा उनै राईमाथि मित्थ्या सूचना प्रवाह गरी बद्नाम गर्न खोजिएको भन्दै आमकर्मचारीहरु आक्रोशित बनेका छन् । वाइडबडी खरिद प्रक्रियामा भएको फैसलाका सम्वन्धमा पछिल्लो समय विशेष अदालतले सार्वजनिक गरेको पुर्णपाठलाई अतिरञ्जित गरी अख्तियार प्रमुख राईलाई बद्नाम बनाउने चाल रचिएको भन्दै आम कर्मचारी र सर्वसाधारणले तीव्र विरोध जनाएका हुन् । माफिया र विचौलियाको योजनामा ल्याइएको यो चाललाई आमजनताले खारेज गर्ने नै छन् ।
विशेषअदालतको पुर्ण पाठलाई निश्पक्ष विश्लेषण गर्दा पनि विशेष अदालतले वाइडबडी खरिद प्रक्रियाको बारेमा व्याख्याको क्रममा राईको नाम र भूमिका उल्लेख गरेको छैन् । फेरि यो अदालतको निर्देशनात्मक आदेश वा न्यायिक टिप्पणी होइन् । मात्रै विश्लेषण हो । तर यसलाई माफिया र भ्रष्टहरुकै योजनामा अतिरिञ्जत गरेर राईलाई बद्नाम गराउन खोजिएको भन्दै आम कर्मचारी र सर्वसाधारण बाट यसको व्यापक विरोध भइरहेको छ । सामाजिक सञ्जालमा राई जस्ता इमानन्दार व्यक्तिहरुलाई वद्नाम गराउन खोजिएको भन्दै भ्रष्टहरु विरुद्ध प्रतिरोधमा उत्रन आमजनता र इमान्दार कर्मचारीहरुले आग्रह गरिरहेका छन् । पेशागत महासंघका महासचिव समेत रहेका नेपाल सरकारका पुर्व अधिकृत केदार प्रसाद देवकोटाले प्रेमकुमार राई निजामती क्षेत्रको एउटा निष्कलंकित नाम रहेको र आजसम्मका राष्ट्रसेवकहरु मध्ये कर्तव्यपालनामा इमान्दार, कर्तव्यनिष्ठ र निडर व्यक्ति खोजी गर्ने हो भने राई एक नम्वरमा पर्ने स्पष्ट पारेका छन् । ‘ त्यति इमान्दार व्यक्तित्व राईलाई आज किन केहि मिडियाले विवादमा मुछ्न खोजेको हो ? भन्ने प्रश्न गर्दै महासचिव देवकोटाले सच्चा व्यक्तिलाई प्रशंसा नगर्ने र नकारात्मक सोच मात्रै बनाउँदै जाने हो भने देशमा हामीले कस्तो व्यवस्था खोजेको हो ? मिडियाकर्मी साथीहरुले बुझ्न जरुरी छ । ’देवकोटाले भनेका छन् । देवकोटाले वाइडबडी खरिद प्रक्रियामा कुनै साइनो सम्वन्ध नभएका व्यक्तिलाई जोड्नु घोर अन्यायपूर्ण र दुरासयुक्त हुने चेतावनी दिदै यस्ता खेल बन्द नभए सबैजना प्रतिकारमा उत्रनुपर्ने आवश्यकता औल्याए ।
माफिया र विचौलियाकै योजनामा सुशासनका विम्ब राईलाई कमजोर बनाउने र लुटतन्त्र मच्चाउने खेल शुरु भएको र त्यसमा केहि कथित् ठुला मिडिया समेत प्रयोग भएको भन्दै त्यसको सशक्त प्रतिरोध गर्नुपर्ने आवाज सर्वत्र उठिरहेको छ । स्वार्थसमुह कुशासन मच्चाउन उद्दत भएकाले उनीहरुको प्रतिरोध हुनुपर्ने आवश्यकता कर्मचारीले औल्याएका हुन् । सरकारकै एक अधिकारी अत्रि अविरल सामाजिक सञ्जालमा लेख्छन् ‘यथार्थतालाई एउटा कुनामा मिल्काएर मित्थ्या प्रचारमा को किन र केका लागि लागेका होलान त ? हामीलाई पनि फैसला पढ्न आउँछ , धेरथोर कानून पनि बुझ्छौँ। हामी पनि कानूनको विद्यार्थी नै हो। हालैको चर्चित वाइडबडी प्रकरणमा हालसम्म नेपालको कुनै अदालतको कुनै पनि फैसलाको कुनै पनि प्रकरणमा तत्कालीन पर्यटन सचिव प्रेम कुमार राईका सम्बन्धमा प्रश्न उठाएको छैन, न्यायिक टिप्पणी गरेको छैन र सक्षम अदालतबाट निर्देशनात्मक आदेश पनि जारी भएको छैन। मिथ्या प्रचार नगरौँ। ’
राई असत्यसँग झुक्दैनन र सत्यको बाटो छोड्दैनन् । पछिल्ला दिनमा राई नेतृत्वकै अख्तियारले भ्रष्टाचारीको सातो खाएको छ , मुटु कमाएको छ । पछिल्ला केहि महिना यता राईको नेतृत्वमा रहेको अख्तियारले भ्रष्टाचार गरेर उन्मु्क्ति पाइरहेका पुर्व प्रधानमन्त्री हुन् की ठुला ठुला प्रशासकहरु सबैलाई कानुनी दायरामा ल्याएर आम जनताबाट वाहीवाही पाउन सफल भएको छ । नेपाल सरकारकै अर्का पुर्व अधिकृत डा दयाराम श्रेष्ठ आफ्नो सामाजिक सञ्जालमा लेख्छन् ‘देशको लागि राम्रो गर्न खोज्ने व्यक्ति प्रति इश्र्या र डाह हुनेहरुको पछि लाग्नु ठीक छैन, देशका सच्चा सपुत प्रेमकुमार राई लगायत उहाँको बाटोमा हिड्ने अन्य स्वाभिमानी महानुभावहरुलाई थाहा छ की हात्ती अघि बढ्दै गर्छ भुसुना र कुकुरहरुले भुक्दै गरे पनि । ’ सरकारकै पुर्व उपसचिव विष्णुहरि उपाध्याय सामाजिक सञ्जालमा अघि लेख्छन् –‘निष्ठावान, इमान्दार र सधै देश र जनताप्रति समर्पित व्यक्ति प्रेमकुमार राई विरुद्ध विना आधार प्रश्न उठाउने सबै विक्षिप्त मनोवृत्तिवाट ग्रसित छन् । यति कुरा चाहि ठोकेर भन्न सक्छु । ’उपाध्यायले भने जस्तै लुटतन्त्र मच्चाउन खोज्नेहरुको खेतीपाती बन्द हुन थालेपछि उनीहरुको छट्पटाहट बढेको हो । स्वतन्त्र विश्लेषकहरुको भनाईमा यसअघि माफियाले असार १८ मा सर्वोच्च अदालतमार्फत राई लगायतलाई पदमुक्त गराउने प्रयास गरेको थियो। सो प्रयास असफल भएपछि पछारिएको माफिया ग्याँङ यतिखेर साम दाम दण्ड भेदको नीति प्रयोग गरी पुन अख्तियार प्रमुखलाई बद्नाम बनाउने खेलमा लागेको हो तर त्यस्ता सारा खेलहरु पानीको फोका झै फुटेर जाने स्वतन्त्र विश्लेषकको भनाई छ ।


