
काठमाडौं । आकर्षक रोजगारीको झुटो प्रलोभनमा फसाएर भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ नेपाली युवाहरूको उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार, विभिन्न जिल्लाका यी युवाहरूलाई झुक्क्याएर भारत पुर्याई कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो ।
परराष्ट्र मन्त्रालयको निर्देशनमा राजदूतावासले उत्तराखण्ड प्रहरी र स्थानीय सामाजिक संस्थासँगको सहकार्यमा असार ५ गते उद्धार गरेको हो । उद्धारपछि घटनामा संलग्न केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । अन्य स्थानमा पनि नेपालीहरू बन्धक बनाइएको हुन सक्ने आशङ्कामा खोजी र उद्धार कार्य जारी छ ।
उद्धार गरिएका युवाहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काइने राजदूतावासले जनाएको छ ।
२०८२ असार ८, आईतवार ०६:३९ प्रकाशित