नेपालमा भ्रम सिर्जना गर्नेको संख्या धेरै भयो : उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए ।

‘अहिले एउटा फेसन जस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र भन्छन् । त्यो के दियो ? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘प्राप्त भएको अधिकारलाई अब हामी सुरक्षित राख्ने जिम्मेवारी कसको ? संघर्ष गरेर अधिकार आयो । अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ ।’

 

२०८२ जेष्ठ १०, शनिबार १७:४८ प्रकाशित
ट्रेन्डिङ समाचार