काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चार जनाविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरूमाथि बाँफिकोट गाउँपालिका वडा नं. २ मा रहेको पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरी भ्रष्टाचार गरेको आरोप छ ।
२०८२ जेष्ठ ८, बिहीबार ०८:०६ प्रकाशित
