बलात्कार मुद्दामा फरार बरियारपट्टीका बिबेक साह पक्राउ


पक्राउ परेका फरार प्रतिवादी ।

सिरहा । बलात्कार मुद्दामा फरार रहेका बरियारपट्टी गाउँपालिका १ का १९ वर्षीय बिवेक साहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कचनारी र हरकट्टीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा औरही गाउँपालिका १ नेपाल-भारत सीमा क्षेत्र दरहिया टोलबाट साहलाई पक्राउ गरेको हो ।

साहलाई ईलाका प्रहरी कार्यालय महेशपुर पतार लगिएको छ । उनलाई सिरहा जिल्ला अदालतमा पेश गर्दा प्रहरीलाई अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको छ ।

२०८२ बैशाख २१, आईतवार १८:४६ प्रकाशित
ट्रेन्डिङ समाचार