जनताबाट प्रत्यक्ष निर्वाचित स्थानीय सरकारले आफ्नो पाँचवर्षे कार्यकाल निर्बाध रूपमा पूरा गर्नुपर्ने हुँदाहुँदै पनि स्थानीय सरकार प्रभावकारी हुन नसकेको अवस्थामा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले आवधिक रूपमा गर्नुपर्ने कामहरुको बारेमा सुझाव प्रस्तुत गर्नुहोस् ।
निर्वाचन भएको पहिलो वर्षमा गर्नुपर्ने कार्य
– कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण/अद्यावधिक
– क्षमता विकास योजनाको निर्माण/अद्यावधिक
– आफ्नो कार्यकालको रणनीतिक योजना निर्माण/अद्यावधिक
– जनप्रतिनिधिको आचारसंहिता निर्माण/अद्यावधिक
– मध्यमकालीन खर्च संरचना निर्माण
– बजेट नीति तथा कार्यक्रम पारित
– लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति पारित÷अद्यावधिक गर्ने
– वार्षिक खरिद योजना स्वीकृत
– आय ठेक्काको व्यवस्थापन
– वित्तीय सुशासन लेखाजोखाको नतिजा सभामा छलफल
– स्थानीय तह संस्थागत क्षमता लेखाजोखाको नतिजा सभामा छलफल
– गाउँ/नगरपालिकाको वस्तुस्थिति विवरण निर्माण/अद्यावधिक
– आवधिक योजनाको निर्माण, कार्यान्वयनमा रहेको भए त्यसको अवस्थाको समीक्षा र मूल्याङ्कन/अद्यावधिक
निर्वाचित भएको दोस्रो, तेस्रो र चौथो वर्षका कार्यहरु
– सहभागितामूलक योजनाको अभ्यास
– वित्तीय सुशासन जोखिम मूल्याङ्कन सूचक कार्यान्वयन अवस्थाको मूल्याङ्कन
– स्थानीय तह संस्थागत स्व–मूल्याङ्कनका सूचक कार्यान्वयन अवस्थाको मूल्याङ्कन
– स्थानीय आर्थिक विकास सूचक कार्यान्वयन अवस्थाको मूल्याङ्कन
– रिक्त पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमा माग आपूर्ति फाराम पठाउने
– टोल विकास संस्था गठन र परिचालन
– बालमैत्री/पोषणमैत्री वातावरणमैत्री स्थानीय शासनलगायतका अभियानमूलक कार्यक्रमको अवलम्बन÷आरम्भ गर्ने वा निरन्तरता दिने
– प्रतिवेदन प्रणाली व्यवस्थित, गुणस्तरीय, प्रविधिमैत्री बनाउने र निरन्तरता दिने
– वित्तीय सुशासन लेखाजोखा सूचकको पूर्ण कार्यान्वयन
– औद्योगिक ग्रामको पूर्ण कार्यान्वयन
– स्थानीय तह संस्थागत स्व–मूल्याङ्कन सूचकको पूर्ण कार्यान्वयन
– स्थानीय आर्थिक विकास सूचकको पूर्ण कार्यान्वयन
– वातावरणमैत्री स्थानीय शासनका सूचक कार्यान्वयन गरी आफ्नो स्थानीय तहलाई वातावरणमैत्री घोषणा गर्ने
– बालमैत्री स्थानीय शासनका सूचक कार्यान्वयन गरी आफ्नो स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने
– पोषणमैत्री स्थानीय तह घोषणा गर्ने
– स्थानगत योजना आधारित आवधिक योजना कार्यान्वयन
– रणनीतिक योजना कार्यान्वयन
– कार्यालय तथा वडा कार्यालयको भवन नबनेको भए सो निर्माण
– राष्ट्रिय भवन संहिता कार्यान्वयन
पाँचौं वर्षका कार्यहरु
– आफ्नो कार्यकालको प्रगति तयार गर्ने
– आफ्नो कार्यकालको संस्थागत सम्झना तयार गर्ने
– आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाको फरफारक गर्ने
– आफ्नो कार्यकालमा सफल हुन नसकेका नीति तथा कार्यक्रम बन्द गर्ने
– नियमित वार्षिक कार्यहरु सम्पादन गर्ने
– आफ्नो कार्यकालमा स्थापना भएका अनुपयुक्त संगठन खारेज गर्ने
– विभिन्न सूचकको तुलनात्मक उपलब्धि प्रकाशन गरी सार्वजनिक गर्ने
– पछिका लागि अनावश्यक दायित्व सिर्जना नगर्ने
– आफ्नो कार्यकालका पेस्की तथा बेरुजु कानुनबमोजिम फरफारक गर्ने

