ऐन संशोधन गर्दा कर्मचारीका मागलाई ध्यान दिनुपर्छ : मन्त्री चौरासिया


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताएका छन् ।

शुक्रवार सिंहदरवारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा संबोधनका क्रममा उनले यस्तो बताएका हुन्।

उनले संसद सचिवालयका कर्मचारीका माग सम्बोधन हुने गरी ऐन संशोधनको प्रक्रियामा रहेको बताए ।

उनले भने,‘जनप्रतिनिधिहरूले गर्ने कामहरूलाई व्यवस्थित र संवैधानिक रूपले व्यवस्थित गर्ने दायित्व र त्यहाँ भएका कमिकमजोरीहरुलाई सुधार गर्दै संसद सचिवालयका पदाधिकारीहरूले ऐन, कानून बनाउनेदेखि लिएर नेपालको संसदीय प्रणालीलाई अझै सशक्त बनाउने कामहरूमा सहयोग गर्दै आइरहनुभएको छ । कर्मचारी ऐन संशोधनको अवस्थामा छ । र त्यसमा संसद सचिवालयका साथीहरूको मागलाई पनि सम्बोधन हुने गरी ल्याउने जानकारी दिन चाहन्छौँ । हामी संविधानलाई अझै व्यवस्थित गर्न ऐन, कानूनमा भएका कमीकमजोरीहरू, सर्वोच्चले आदेशका बेलामा दिएका सुझावहरू, निर्णयहरूलाई कसरी अझै लोकतान्त्रिक मुलुकमा भएका व्यवस्थाहरूको मेल हुने गरी सबैको सहभागिता र सशक्त रूपले संशोधन गर्नमा यहाँहरूको ठूलो सहयोग छ ।’

२०८१ मंसिर २८, शुक्रबार १८:५६ प्रकाशित
ट्रेन्डिङ समाचार