लोक सेवा आयोगले लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को विज्ञापन नं. ५६/२०८०-८१ (खुला र दलित), तह ८, प्रशासन सेवा, लेखा समूह र वरिष्ठ लेखा अधिकृत (चा.ए.) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
२०८१ मंसिर २८, शुक्रबार ०५:२१ प्रकाशित

