विश्वमा निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रचलित पद्धति, महत्व र निर्वाचन आयोगका काम, कर्तब्य र अधिकार


पृष्ठभूमि
 नेपाल अन्तरिम शासन विधान–२००७ ले पहिलोपटक निर्वाचन आयोगसम्बन्धी व्यवस्था गरेको
 २००८ साल कात्तिक २६ गते स्थापना भएको
 नेपालको संविधान–२०१९ को पहिलो संशोधनले नेपालमा निर्वाचनसम्बन्धी कार्य गर्न निर्वाचन आयोगको व्यवस्था गरेको
 २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछि जारी नेपाल अधिराज्यको संविधान–२०४७ एवं नेपालको अन्तरिम संविधान–२०६३ मा पनि निर्वाचन आयोगसम्बन्धी व्यवस्था कायमै रहेको
 २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले पनि निर्वाचन आयोगलाई संवैधानिक आयोगको रूपमा निरन्तरता दिएको
निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रचलित पद्धतिहरु
(क) स्वतन्त्र र स्वायत्त पद्धति
 निर्वाचन व्यवस्थापनको स्वतन्त्र पद्धतिको एक प्रमुख विशेषता भनेको संस्थागतरूपमा सरकारी नियन्त्रणबाट स्वतन्त्र हुनु हो ।
 यो पद्धति लागू भएको देशहरूमा निर्वाचन आयोग कार्यकारिणी निकायबाट स्वतन्त्र र स्वायत्त हुन्छन् ।
 यो पद्धति अनुरूप गठन भएका निकायहरु आफ्नो काम कारबाहीका लागि संसदप्रति जिम्मेवार हुने गर्दछन् ।
 उदाहरणका रूपमा भारत, मेक्सिको, दक्षिण अफ्रिका, नेपाललाई लिन सकिन्छ ।
(ख) सरकारी पद्धति
 सरकारी पद्धतिमा सरकारअन्तर्गत रहेको निकायले निर्वाचन व्यवस्थापन गर्ने प्रजातान्त्रिक शासन पद्धति स्थापना भइसकेको सरकार र खास गरी कर्मचारीतन्त्रको तटस्थता प्रति जनताको विश्वास भएका देशहरूमा यस्तो पद्धति रहेको पाइन्छ ।
 जस्तैः जर्मनी, स्वीडेन र नर्वे तर यस्ता देशहरू पनि स्वतन्त्र निकायतर्फ आकर्षित हुँदै गएका छन् ।
(ग) मिश्रित पद्धति
 मिश्रित पद्धति स्वभावैले दुई पद्धतिको समिश्रणबाट निर्धारण भएको निर्वाचन व्यवस्थापन निकाय हो ।
 यसअन्तर्गत नीतिगत अनुगमनकारी अधिकार भएको स्वतन्त्र निकाय तथा निर्वाचन प्रक्रिया कार्यान्वयन गर्ने जिम्मेवारी लिएको सरकारी निकायको संलग्नता रहने गर्दछ ।
 उदाहरणका लागि स्पेन, कोस्टारिका, अर्जेन्टिना, फ्रान्स, जापान आदि पर्दछन् ।
लोकतन्त्रमा निर्वाचनको महत्व
 सार्वभौमसत्ता सम्पन्न जनताले आफूमा निहित रहेको सार्वभौमसत्ताको अभ्यास गर्न
 आवधिक निर्वाचनको माध्यमबाट लोकतन्त्रको सम्वद्र्धन र विकास गर्न
 मतदाताको सार्वभौम अधिकार (मताधिकार) लाई सुनिश्चित गर्न
 विधिको शासन स्थापना गर्न
 निर्वाचनको माध्यमबाट सरकारलाई जनताप्रति जवाफदेही बनाउन
 बालिग मतदाताले आफ्नो मत प्रकट गरी राजनीतिक निर्णयमा सहभागिता जनाउन
 आफ्ना प्रतिनिधिमार्फत शासन सञ्चालनमा सहभागिता जनाउन
 सहभागितात्मक नीति निर्माणलाई सुनिश्चित गर्दै विकासका क्रियाकलाप माथि अपनत्व कायम गर्न
 निर्वाचनको माध्यमबाट राजनीतिक दललाई आफ्ना मतदाताप्रति उत्तरदायी र जवाफदेही बनाउन
 स्वतन्त्र र निष्पक्ष निर्वाचनको माध्यमबाट शान्तिपूर्ण तरिकाले विवाद समाधान गर्न तथा सरकार वा सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्न
 सार्वजनिक नीति र योजना निर्माण प्रक्रियामा सहभागितालाई सुनिश्चित गर्दै विकासका क्रियाकलाप माथि अपनत्व र जवाफदेहिता अभिवृद्धि गर्न
 निर्वाचनको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सरकारको वैधता कायम गर्न
निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार
 राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने
 निर्वाचनको प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने
 राष्ट्रिय महत्वको विषयमा जनमत संग्रह गराउने
 राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय गर्ने
 अधिकार प्रत्यायोजन गर्न सक्ने
यसका अतिरिक्त निर्वाचन आयोग ऐन–२०७३ मा देहायका काम कर्तव्य र अधिकारहरु उल्लेख गरिएको छ ः–
 सुरक्षा प्रबन्ध गर्न लेखी पठाउने
 अनुगमन गर्ने वा गराउने
 उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्ने
 निर्वाचन सम्बन्धी नीति, योजना, रणनीति तयार गर्ने, त्यसको कार्यान्वयन र अनुगमन गर्ने
 निर्वाचन रद्ध गर्न सक्ने
 मतदाता पहिचानका लागि आवश्यक व्यवस्था मिलाउने
 निर्वाचन सम्बन्धी सुधारका विषयमा आवश्यक अध्ययन, अनुसन्धान गर्ने
 निर्वाचन सम्बन्धी सूचना तथा तथ्याङ्कलाई एकीकृत गरी अभिलेखको व्यवस्थापन गर्ने
 निर्वाचन कार्यालयहरुको पूर्वाधार विकास सम्बन्धी आवश्यक व्यवस्था मिलाउने
 निर्वाचन सम्बन्धी विशेषज्ञ सेवा दिने व्यवस्था मिलाउने
 निर्वाचनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध विस्तार गर्ने
निष्कर्ष
आवधिक निर्वाचन र बालिग मताधिकार लोकतन्त्रको आधार स्तम्भ, तत्व एवं पूर्वसर्त हो । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनले मात्र लोकतन्त्र जिवन्त रहन सक्दछ । स्वतन्त्रता, निष्पक्षता, निष्ठा, पारदर्शिता, प्रभावकारिता, व्यावसायिकता, सेवामुखीपन जस्ता सिद्धान्तको परिपालना गरी कार्यसम्पादन गर्दै आएको नेपालको निर्वाचन आयोगले स्वच्छ एवं निष्पक्ष निर्वाचन सम्पन्न गर्दै आएको छ ।

२०८१ मंसिर २६, बुधबार ०५:२७ प्रकाशित
ट्रेन्डिङ समाचार