काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव आह्वान गरेका छन् ।उनले सुझावका लागि घरमै वा सम्पर्क कार्यालयमै आउनसमेत आग्रह गरे ।
संविधानमा उल्लिखित अधिकारहरु जनताले महसुस हुने गरी कार्यान्वयनमा लैजानुपर्ने जरुरी रहेको भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहेको बताए । उनले भने, ‘अधिकार खाली संविधानमा भएर भएन, त्यसलाई कार्यान्वयन गराउनुपर्छ । त्यो स्टेजमा अहिले हामी छौं ।’
जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’
२०८१ भाद्र ४, मंगलवार ११:२५ प्रकाशित