बयान फेरेको अभियोगमा दुईजनाविरुद्ध मुद्दा दायर


काठमाडौं । अदालतमा  बयान फेरेको आरोपमा दुईजनाविरुद्ध मुद्दा दायर  भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा गएर बयान फेरेको भन्दै शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रुपमा पेश गरिएका उनीहरुले बयान फेरेपछि उनीहरुमाथि पनि अख्तियारले मुद्दा चलाएको हो ।

अख्तियारले २० बैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इञ्जिनियर सहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

२०८१ श्रावण १८, शुक्रबार १६:११ प्रकाशित
ट्रेन्डिङ समाचार