काठमाडौं । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।
मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्री–स्टायलमा प्रतिस्पर्धा शाहले यसअघिको आफ्नै कीर्तिमान सुधार गरेका हुन् । शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए ।
२०८१ श्रावण १६, बुधबार १२:२६ प्रकाशित