एसीसी वुमन्स एसिया कप-२०२४ अन्तर्गत  नेपाल र भारतसँग प्रतिस्पर्धा हुँदै


काठमाडौं । आज एसीसी वुमन्स एसिया कप-२०२४ अन्तर्गत  नेपाल र भारतसँग प्रतिस्पर्धा हुने भएको छ ।

नेपालको समूह चरणअन्तर्गत यो अन्तिम खेल हो । यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

सेमिफाइनलमा पुग्नको लागि आज नेपालले जित्नै पर्ने हुन्छ । आज नै पाकिस्तानले पनि यूएईसँग समूह चरणको अन्तिम खेल खेल्दैछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

पाकिस्तानले यूएईलाई पराजित गरेमा नेपालले भारतलाई हराउनै पर्ने हुन्छ । पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भए पनि पाकिस्तानसँग रनरेटको हिसाब हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ ।

२०८१ श्रावण ८, मंगलवार १२:१५ प्रकाशित
ट्रेन्डिङ समाचार