तिब्बतको भूकम्पले नेपालसम्म धक्का


काठमाडौं

काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तिब्बतमा गएको भूकम्पको धक्का नेपाल महसुस भएको हो ।
केन्द्रका अनुसार तिब्बतको डि‌गे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो ।
यसअघि पुस २३ मा तिब्बतमा भूकम्प गएको थियो । अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए ।

२०८१ फाल्गुन २४, शनिबार १५:०६ प्रकाशित
ट्रेन्डिङ समाचार