काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको जानकारी दिएको हो ।
यसअघि विभिन्न खिचातानीका कारण कर्मचारी व्यवस्थापनमा असहज अवस्था हुँदै आएको थियो । जसका कारण मन्त्रिपरिषद्ले चेतावनीसमेत दिनुपरेको थियो । यही खिचातानीका बीच मन्त्रालयले अतिरिक्तमा रहेका दर्जनौँ उपसचिवहरूको सरुवा गरेको हो ।
पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्री र सचिवबिचको टसल सतहमै देखिन थालेको छ ।
२०८१ पुष २३, मंगलवार ०५:१० प्रकाशित


