लोकसेवा आयोगका परीक्षाका लागि उपयोगी विषयगत प्रश्नोत्तर


१. ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैङ्किङ सेवाविचका समानता र भिन्नताहरु प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
 ग्राहकको हक हितको संरक्षण गर्न निर्देशित सिद्धान्तहरुलाई ग्राहक संरक्षण सिद्धान्त भनिन्छ ।
 ग्राहकको रुचि, माग तथा आवश्यकताहरुका आधारमा वैंङ्किङ सेवाहरुको निर्माण गरी प्रवाह गर्नुलाई ग्राहकमुखी बैङ्किङ सेवा भनिन्छ ।
ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैङ्किङ सेवाविचका समानता
 दुवैले ग्राहकलाई केन्द्रविन्दुमा राखेको हुन्छ
 दुवैले प्रतिस्पर्धात्मक वातावरण सृजनामा सहयोग गर्दछन्
 दुवैले वित्तीय साक्षरता वित्तीय समावेशीता वृद्धिमा योगदान दिन्छन्
 दुवैले ग्राहकहरुमा सन्तुष्टिमा वृद्धि गराउँदछन्

 यी दुवै संस्था सफलताका आधारहरु हुन्
 दुवैले समग्र बैंकिङ प्रणाली प्रति विश्वासमा सकारात्मक प्रभाव पार्दछन्
ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैङ्किङ सेवाविचका भिन्नता
 ग्राहक संरक्षण सिद्धान्त ग्राहकहरुका हक हितको सुनिश्चितताका लागि मार्गदर्शक सिद्धान्त हो भने ग्राहकमुखी बैँङ्किङ सेवा ग्राहकका मागबमोजिमका बैँङ्किङ सेवाहरुको निर्माण तथा ग्राहक सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नु हो ।
 ग्राहक संरक्षण सिद्धान्तको मुख्य उद्देश्य ग्राहकको हक हितको संरक्षण गर्नु हो भने ग्राहकमुखी बैंङ्किङ सेवाको मुख्य उद्देश्य संस्थाप्रति नयाँ ग्राहक आकर्षित गर्ने र भइरहेका ग्राहकलाई टिकाइराख्नु हो ।
 ग्राहक संरक्षण सिद्धान्त कानूनद्वारा वाध्यात्मक हुन्छ भने ग्राहकमुखी बैँङ्किङ सेवा व्यवसाय विस्तार तथा हितका लागि स्वतस्फूर्त रुपमा कार्यान्वयन हुन्छ ।
 ग्राहक संरक्षण सिद्धान्तको पालनाले ग्राहकमुखी सेवा प्रवर्द्धन हुन्छ भने र ग्राहकमुखी बैङ्किङ सेवा प्रदान गर्दा ग्राहक संरक्षण सिद्धान्तहरुलाई ध्यान दिनुपर्दछ ।
 ग्राहक संरक्षण सिद्धान्तको प्रमुख कार्यान्वयनले ग्राहकको हित सुशासन कायम हुदैँ दिर्घकालमा व्यवसायको हित हुन्छ भने ग्राहकमुखी बैङ्किङ सेवाले ग्राहक सन्तुष्टि मार्फत व्यवसायको हित हुन्छ ।
 ग्राहक संरक्षण सिद्धान्तको प्रयोगमा चित्त नबुझे ग्राहकले कानूनी उपचार प्राप्त गर्न सक्दछन् भने भने ग्राहकमुखी सेवा प्रदान नभएमा ग्राहकले संस्था परिवर्तन गरी सेवा प्राप्त गर्न सक्दछन् ।
निष्कर्ष
ग्राहक संरक्षण सिद्धान्तको कार्यान्वयन गर्दा ग्राहकमुखी वैङ्किङ सेवाको कार्यान्वयनमा सहयोग पुग्दछ । समग्र बैंङ्किङ प्रणालीको विकास, प्रवर्द्धन, सुशासन, स्वच्छ प्रतिस्पधार्त्मक वातावरणको सिर्जना, वित्तीय साक्षरता र समावेशीता वृद्धि गर्न यी दुवैको अनिवार्यता रहन्छ ।

  • ग्राहकमुखी बैङ्किङ सेवाको महत्वमाथि प्रकाश पार्दै ग्राहकमुखी बैंङ्किङ सेवा कार्यान्वयन गर्न अवलम्बन गर्न सकिने उपायहरुको चर्चा गर्नुहोस् ।

पृष्ठभूमि

  • ग्राहकको आवश्यकता, माग र रुचिलाई ध्यानमा राखी बैँकमा आकर्षण गर्ने, बैंकमा प्रवेशदेखि असल व्यवहार तथा छिटो छरितो, गुणस्तरीय र मुस्कानसहितको सेवा दिई पुन: सेवा प्राप्ति गर्न इच्छुक हुने वातावरण सिर्जना गर्ने सम्मका कार्यहरुलाई ग्राहकमुखी बैँङ्किङ सेवा भनिन्छ ।
  • ग्राहकमुखी बैँङ्किङ सेवा अन्तर्गत ग्राहक सम्बन्ध व्यवस्थापन, गुनासो सम्बोधन, ग्राहकलाई गरिने व्यवहार, ग्राहकको माग एवं आवश्यकता पहिचान तथा निरन्तर विश्लेषण पर्दछन् ।

ग्राहकमुखी बैङ्किङ सेवाको महत्व

  • ग्राहक सन्तुष्टिमा वृद्धि हुदैँ दिर्घकालीन ग्राहक संख्या वृद्धि
  • बैँकप्रति ग्राहकको सकारात्मक धारणा वृद्धि
  • ग्राहकहरुद्वारा विज्ञापन
  • प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न
  • नयाँ ग्राहकहरुलाई आकर्षित गर्न
  • व्यावसायिक आकार र नाफामा वृद्धि गर्न
  • ग्राहकसँग सुमधुर सम्बन्ध स्थापित गर्न
  • ग्राहकहरुको गुनासोमा कमी ल्याउन
  • संस्थामा कार्यवातावरणको निर्माण गर्न

ग्राहकमुखी बैंङ्किङ सेवा कार्यान्वयन गर्न अवलम्बन गर्न सकिने उपायहरु

  • छिटो छरितो सेवा प्रदान गर्ने
  • पालो प्रणालीमा सेवा प्रदान गर्ने
  • गुनासो सुनुवाइ प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने
  • मुस्कानसहितको सेवा प्रवाह गर्ने
  • ग्राहकका रुचि माग तथा आवश्यकताको निरन्तर विश्लेषण गर्ने
  • व्यवस्थापनका नविनतम शैली एवं सिद्धान्तहरुको अवलम्बन गर्ने
  • ग्राहक संरक्षण सिद्धान्त तथा नियामक निकायको निर्देशनको कार्यान्वयन गर्ने
  • उपयुक्त ग्राहक सेवा कक्ष, सेवा विवरण, स्तनपान कक्ष, उपयुक्त स्थान तथा कार्यालय सजावट विश्राम कक्ष आदि सहयोगी सेवाहरुको व्यवस्था गर्ने
  • बैँङ्किङ सेवाको गुणस्तरमा वृद्धि गर्ने
  • सूचना प्रविधिको महत्तम प्रयोग गर्ने

निष्कर्ष

ग्राहकमुखी बैँङ्किङ सेवा बैँङ्किङ व्यवसायको सफलताको आधार हो । ग्राहकलाई बैँङ्कमा टिकाइराख्न तथा नयाँ ग्राहकहरुलाई आकर्षित गर्न ग्राहकहरुको आवश्यकता, रुचि, माग तथा हितको निरन्तर अध्ययन विश्लेषण र पहिचान निरन्तर रुपमा गर्नुपर्दछ ।

२०८१ आश्विन १९, शनिबार ०९:५८ प्रकाशित
ट्रेन्डिङ समाचार