१. ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैङ्किङ सेवाविचका समानता र भिन्नताहरु प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
ग्राहकको हक हितको संरक्षण गर्न निर्देशित सिद्धान्तहरुलाई ग्राहक संरक्षण सिद्धान्त भनिन्छ ।
ग्राहकको रुचि, माग तथा आवश्यकताहरुका आधारमा वैंङ्किङ सेवाहरुको निर्माण गरी प्रवाह गर्नुलाई ग्राहकमुखी बैङ्किङ सेवा भनिन्छ ।
ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैङ्किङ सेवाविचका समानता
दुवैले ग्राहकलाई केन्द्रविन्दुमा राखेको हुन्छ
दुवैले प्रतिस्पर्धात्मक वातावरण सृजनामा सहयोग गर्दछन्
दुवैले वित्तीय साक्षरता वित्तीय समावेशीता वृद्धिमा योगदान दिन्छन्
दुवैले ग्राहकहरुमा सन्तुष्टिमा वृद्धि गराउँदछन्
यी दुवै संस्था सफलताका आधारहरु हुन्
दुवैले समग्र बैंकिङ प्रणाली प्रति विश्वासमा सकारात्मक प्रभाव पार्दछन्
ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैङ्किङ सेवाविचका भिन्नता
ग्राहक संरक्षण सिद्धान्त ग्राहकहरुका हक हितको सुनिश्चितताका लागि मार्गदर्शक सिद्धान्त हो भने ग्राहकमुखी बैँङ्किङ सेवा ग्राहकका मागबमोजिमका बैँङ्किङ सेवाहरुको निर्माण तथा ग्राहक सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नु हो ।
ग्राहक संरक्षण सिद्धान्तको मुख्य उद्देश्य ग्राहकको हक हितको संरक्षण गर्नु हो भने ग्राहकमुखी बैंङ्किङ सेवाको मुख्य उद्देश्य संस्थाप्रति नयाँ ग्राहक आकर्षित गर्ने र भइरहेका ग्राहकलाई टिकाइराख्नु हो ।
ग्राहक संरक्षण सिद्धान्त कानूनद्वारा वाध्यात्मक हुन्छ भने ग्राहकमुखी बैँङ्किङ सेवा व्यवसाय विस्तार तथा हितका लागि स्वतस्फूर्त रुपमा कार्यान्वयन हुन्छ ।
ग्राहक संरक्षण सिद्धान्तको पालनाले ग्राहकमुखी सेवा प्रवर्द्धन हुन्छ भने र ग्राहकमुखी बैङ्किङ सेवा प्रदान गर्दा ग्राहक संरक्षण सिद्धान्तहरुलाई ध्यान दिनुपर्दछ ।
ग्राहक संरक्षण सिद्धान्तको प्रमुख कार्यान्वयनले ग्राहकको हित सुशासन कायम हुदैँ दिर्घकालमा व्यवसायको हित हुन्छ भने ग्राहकमुखी बैङ्किङ सेवाले ग्राहक सन्तुष्टि मार्फत व्यवसायको हित हुन्छ ।
ग्राहक संरक्षण सिद्धान्तको प्रयोगमा चित्त नबुझे ग्राहकले कानूनी उपचार प्राप्त गर्न सक्दछन् भने भने ग्राहकमुखी सेवा प्रदान नभएमा ग्राहकले संस्था परिवर्तन गरी सेवा प्राप्त गर्न सक्दछन् ।
निष्कर्ष
ग्राहक संरक्षण सिद्धान्तको कार्यान्वयन गर्दा ग्राहकमुखी वैङ्किङ सेवाको कार्यान्वयनमा सहयोग पुग्दछ । समग्र बैंङ्किङ प्रणालीको विकास, प्रवर्द्धन, सुशासन, स्वच्छ प्रतिस्पधार्त्मक वातावरणको सिर्जना, वित्तीय साक्षरता र समावेशीता वृद्धि गर्न यी दुवैको अनिवार्यता रहन्छ ।
- ग्राहकमुखी बैङ्किङ सेवाको महत्वमाथि प्रकाश पार्दै ग्राहकमुखी बैंङ्किङ सेवा कार्यान्वयन गर्न अवलम्बन गर्न सकिने उपायहरुको चर्चा गर्नुहोस् ।
पृष्ठभूमि
- ग्राहकको आवश्यकता, माग र रुचिलाई ध्यानमा राखी बैँकमा आकर्षण गर्ने, बैंकमा प्रवेशदेखि असल व्यवहार तथा छिटो छरितो, गुणस्तरीय र मुस्कानसहितको सेवा दिई पुन: सेवा प्राप्ति गर्न इच्छुक हुने वातावरण सिर्जना गर्ने सम्मका कार्यहरुलाई ग्राहकमुखी बैँङ्किङ सेवा भनिन्छ ।
- ग्राहकमुखी बैँङ्किङ सेवा अन्तर्गत ग्राहक सम्बन्ध व्यवस्थापन, गुनासो सम्बोधन, ग्राहकलाई गरिने व्यवहार, ग्राहकको माग एवं आवश्यकता पहिचान तथा निरन्तर विश्लेषण पर्दछन् ।
ग्राहकमुखी बैङ्किङ सेवाको महत्व
- ग्राहक सन्तुष्टिमा वृद्धि हुदैँ दिर्घकालीन ग्राहक संख्या वृद्धि
- बैँकप्रति ग्राहकको सकारात्मक धारणा वृद्धि
- ग्राहकहरुद्वारा विज्ञापन
- प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न
- नयाँ ग्राहकहरुलाई आकर्षित गर्न
- व्यावसायिक आकार र नाफामा वृद्धि गर्न
- ग्राहकसँग सुमधुर सम्बन्ध स्थापित गर्न
- ग्राहकहरुको गुनासोमा कमी ल्याउन
- संस्थामा कार्यवातावरणको निर्माण गर्न
ग्राहकमुखी बैंङ्किङ सेवा कार्यान्वयन गर्न अवलम्बन गर्न सकिने उपायहरु
- छिटो छरितो सेवा प्रदान गर्ने
- पालो प्रणालीमा सेवा प्रदान गर्ने
- गुनासो सुनुवाइ प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने
- मुस्कानसहितको सेवा प्रवाह गर्ने
- ग्राहकका रुचि माग तथा आवश्यकताको निरन्तर विश्लेषण गर्ने
- व्यवस्थापनका नविनतम शैली एवं सिद्धान्तहरुको अवलम्बन गर्ने
- ग्राहक संरक्षण सिद्धान्त तथा नियामक निकायको निर्देशनको कार्यान्वयन गर्ने
- उपयुक्त ग्राहक सेवा कक्ष, सेवा विवरण, स्तनपान कक्ष, उपयुक्त स्थान तथा कार्यालय सजावट विश्राम कक्ष आदि सहयोगी सेवाहरुको व्यवस्था गर्ने
- बैँङ्किङ सेवाको गुणस्तरमा वृद्धि गर्ने
- सूचना प्रविधिको महत्तम प्रयोग गर्ने
निष्कर्ष
ग्राहकमुखी बैँङ्किङ सेवा बैँङ्किङ व्यवसायको सफलताको आधार हो । ग्राहकलाई बैँङ्कमा टिकाइराख्न तथा नयाँ ग्राहकहरुलाई आकर्षित गर्न ग्राहकहरुको आवश्यकता, रुचि, माग तथा हितको निरन्तर अध्ययन विश्लेषण र पहिचान निरन्तर रुपमा गर्नुपर्दछ ।


