ADVERTISEMENT

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १४८ रुपैयाँ ५८ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम भएको छ।

त्यस्तै, युरोको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, बेलायती पाउन्डको १९४ रुपैयाँ ७५ पैसा र स्वीस फ्र्याङ्कको १७६ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलरको १०३ रुपैयाँ ७५ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ २५ पैसा र साउदी रियालको ३९ रुपैयाँ ६० पैसा कायम भएको छ।

यसैगरी, कुवेती दिनारको बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा, बहराइन दिनारको ३९३ रुपैयाँ ८८ पैसा र ओमनी रियालको ३८५ रुपैयाँ ९२ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटबाट हेर्न सकिनेछ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार