काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही प्रदेशमा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया