काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन आज जनकपुरधाम जाने भएका छन् ।
जनकपुर भ्रमणका क्रममा लामिछानेले पार्टीका नेता–कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्ने, शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने र विभिन्न धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
उनले आइतबार जानकी मन्दिर, राममन्दिर, राजदेवी मन्दिरलगायतका धार्मिक स्थलको दर्शन गर्नेछन् । साथै गंगासागरमा आयोजित छठ पूजामा सहभागी हुने र सोमबार बिहान छठ घाटमा अर्घ्य अर्पण गरी फर्किने कार्यक्रम रहेको रास्वपा मधेस प्रदेश कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर




प्रतिक्रिया