ADVERTISEMENT

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लाइन्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा लुम्बिनी जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा हुनेछ भने विराटनगर प्लेअफ सम्भावना बलियो बनाउने प्रयासमा हुनेछ ।

 

६ खेलबाट ४ जित, १ हार र १ खेल वर्षाका कारण रद्द हुँदा ९ अंक जोडेको लुम्बिनी दोस्रो स्थानमा छ । टोलीले यसअघि चार खेलमा जित हात पारिसकेको छ ।

 

यता ६ खेल खेलेको विराटनगरले ३ जित र ३ हारसहित ६ अंक जोडेको छ । अंक तालिकाको पाँचौं स्थानमा रहेको विराटनगरका लागि प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नुपर्ने दबाब छ ।दुवै टोली आज जितको लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार