महोत्तरी । मिथिलाञ्चलमा चारदिने छठ पर्वको रौनक बढेको छ । पर्वको दोस्रो दिन आज बर्तालुले दिनभरि निराहार व्रत बसेर साँझ ‘खरना’ विधि गर्दैछन् ।
कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको पर्वमा आज पञ्चमीका दिन सख्खर, दूध र चामलबाट तयार पारिएको खीर छठी मातालाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।
पर्वको षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।
छठमा ठकुवा, भुसुवालगायतका परम्परागत प्रसाद तयार गरी आफन्त तथा इष्टमित्रलाई वितरण गर्ने चलन छ । पछिल्लो समय मधेसी समुदायमा मात्र सीमित नरही पहाडी हिन्दू तथा मुस्लिम समुदायको समेत सहभागिता बढ्दै गएको छ । यसले छठलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको पर्वका रूपमा स्थापित गरेको छ ।
सम्बन्धित खबर




प्रतिक्रिया