काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको काठमाडौंले पाँच खेलमा चार जित र एक हार बेहोरेको छ । यस्तै, तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले ६ खेलमा चार जित र दुई हार निकालेको छ ।
त्यसैगरी, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
अंक तालिकाको पाँचौँ स्थानमा रहेको चितवनले पाँच खेलमध्ये दुईमा जित, दुईमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ । छैटौँ स्थानमा रहेको जनकपुरले भने ६ खेलमध्ये दुईमा जित र चारमा हार बेहोरेको छ ।
आजका दुवै खेल अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने टोलीहरूका लागि महत्त्वपूर्ण हुनेछन् ।




प्रतिक्रिया