ADVERTISEMENT

देउसी–भैलोमा अश्लील नृत्य, दुई महिला प्रहरी नियन्त्रणमा

काठमाडौं । रुपन्देहीमा देउसी–भैलो खेल्ने क्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।

 

उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक मर्यादाविपरीत नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार