काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम भएको छ।
त्यस्तै, युरोको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, बेलायती पाउन्डको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा रहेको छ।
अस्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा कायम हुँदा क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ २२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा रहेको छ।
यसैगरी, साउदी रियालको खरिददर ३९ रुपैयाँ ८६ पैसा, कतारी रियालको ४१ रुपैयाँ पाँच पैसा र यूएई दिरामको ४० रुपैयाँ ७३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ।




प्रतिक्रिया