काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
उनले नेपाली चाडपर्वले परिवार, समाज र समुदायबीच प्रेम, सद्भाव, एकता तथा आपसी विश्वासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
विविधताबीचको राष्ट्रिय एकतालाई चाडपर्वले अझ सुदृढ बनाउने उल्लेख गर्दै लामिछानेले तिहार र छठले सबैको जीवनमा नयाँ आशा, उमङ्ग र उत्साह सञ्चार गरोस् भन्ने कामना गरेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया