काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।
५ खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम ३ जित र २ हारसहित अंकतालिकाको तेस्रो स्थानमा छ। आजको जितले सुदूरपश्चिमलाई प्लेअफ यात्रामा थप सहज बनाउनेछ।
यस्तै, जनकपुर बोल्ट्स ५ खेलबाट ४ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ। २ जित र ३ हार बेहोरेको जनकपुरलाई प्लेअफ सम्भावना बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ।
सम्बन्धित खबर




प्रतिक्रिया