ADVERTISEMENT

नेप्से २.६४ अङ्कले बढ्यो, ३ अर्ब ४६ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ। साताको कारोबारमा बजार २.६४ अङ्कले बढेर २६५५.२२ बिन्दुमा पुगेर बन्द भएको हो।

 

दिनभर उतारचढाव देखिएको बजार मध्याह्नतिर २६६२ बिन्दुसम्म पुगेको थियो। अन्तिम समयमा सुधार हुँदै बजार हरियो भएर बन्द भयो।

 

आज ३३६ वटा कम्पनीको १ करोड ७ लाख कित्ता सेयर ३३ हजार २१५ पटक कारोबार हुँदा कुल ३ अर्ब ४६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १५८ वटाको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। १४ कम्पनीको मूल्य स्थिर रह्यो।

 

उपसमूहतर्फ अधिकांश समूहमा सुधार देखिए पनि अन्य समूहमा सामान्य गिरावट आएको छ।

 

आज क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स सर्वाधिक कमाउने कम्पनी बनेको छ। कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १९२ रुपैयाँ पुगेको छ।

 

त्यस्तै, कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रह्यो। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार