ADVERTISEMENT

३४ करोड बैंक कर्जा हिनामिनाको आरोपमा दिक्षान्त बानियाँ पक्राउ

काठमाडौँ । विभिन्न बैंकबाट लिएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी दिक्षान्त बानियाँ पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको पत्रका आधारमा बानियाँलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार बानियाँले भूगर्भ सिमेन्ट कम्पनीका नाममा विभिन्न चार बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनभन्दा अन्यत्र लगानी गरेको आरोप छ। कर्जाबापत प्राप्त रकम अन्य कम्पनीमा लगानी गर्नुका साथै सेयरमा समेत प्रयोग गरेको आशंकामा उनीमाथि अनुसन्धान भइरहेको छ।

बानियाँ नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँका छोरा हुन्। उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार