ADVERTISEMENT

गम्भीर अवस्थामा रहेकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । डोल्पामा गम्भीर अवस्थामा रहेकी २६ वर्षीया सुत्केरी महिला जुनु बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

छार्काताङसोङ गाउँपालिका–कागकोटकी बुढालाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

सुत्केरी व्यथा लागेपछि सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएकी उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार