ADVERTISEMENT

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशीको मृत्यु

काठमाडौं । सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टरको पङ्खा आपसमा ठोक्किएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले जानकारी दिए।

दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको राष्ट्रियता खुल्न सकेको छैन। घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी लुक्लास्थित अस्पताल पुर्‍याइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार