काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। बिहानको समयमा तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया