काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एलाइट ल्याण्ड प्रा. लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले ललितपुरको बालकुमारीस्थित एलाइट ल्याण्डमा तोकिएका सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले यस सहकार्यबाट ग्राहकलाई थप लाभ पुर्याउनुका साथै नगद कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्न प्रोत्साहन मिल्ने विश्वास लिएको छ। डिजिटल बैंकिङको प्रयोग विस्तार गर्ने उद्देश्यले बैंकले समय–समयमा ग्राहककेन्द्रित सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बताइएको छ।
डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो। बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ लगायतका नवीन वित्तीय सेवा पनि सञ्चालन गर्दै आएको छ।
हाल बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ८२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।




प्रतिक्रिया