भन्सार विभागका अनुसार उक्त अवधिमा ५ करोड ६८ लाख ९३ हजार किलोभन्दा बढी धानचामलजन्य वस्तु आयात भएको हो। पहिलो दुई महिनाको तुलनामा असोजमा आयात उल्लेख्य बढेको छ। साउन र भदौमा ३ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएकामा असोजमा मात्रै १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ।
परिमाणका आधारमा सबैभन्दा बढी अन्य चामल र कच्चा धान आयात भएको छ। अन्य चामल १ अर्ब ६४ करोड ५९ लाख रुपैयाँ र कच्चा धान ८४ करोड ६१ लाख रुपैयाँ बराबरको आयात भएको विभागको तथ्यांक छ।
यस्तै, बासमती चामल आयातमा सबैभन्दा बढी १ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ। नेपालमा मुख्यगरी भारतबाट धानचामल आयात हुने गरे पनि इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत आयात हुने गरेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया