ADVERTISEMENT

चक्रवात अर्णबको प्रभाव, तीन जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी तटीय क्षेत्रमा आएको चक्रवात अर्णबका कारण आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको छ। आँधीका कारण सयौँ रूख र विद्युत्‌का पोल ढलेका छन् भने हवाई सेवा समेत प्रभावित भएको छ।

 

चक्रवातको प्रभावलाई ध्यानमा राख्दै ओडिशामा ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ओडिशाका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षाको चेतावनीसहित रेड अलर्ट जारी गरिएको छ।

 

झारखण्डमा पनि भारी वर्षाको सम्भावना रहेकाले केही जिल्लाका विद्यालय बन्द गरिएको छ।

 

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात जमिनमा प्रवेश गर्दा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो।

 

अहिले यसको तीव्रता घट्दै गए पनि प्रभावित क्षेत्रमा भारी वर्षा, तीव्र हावा र पहिरोको जोखिम कायमै रहेकाले उद्धार तथा विपद् व्यवस्थापन टोलीलाई सतर्क अवस्थामा राखिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार