आज बजारमा ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर ३४८ कम्पनीका १ करोड ९३ लाख कित्ता सेयर ६३ हजार ७४४ पटक किनबेच भएका छन्।
कारोबारमा आएका कम्पनीमध्ये २४१ वटाको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। तीन कम्पनीको मूल्य स्थिर रहेको छ।
बेनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १५ प्रतिशत नाफा कमाउँदा बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, घलेम्दी पावरको २८ करोड २६ लाख र बुटवल पावरको २६ करोड ४३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ हाइड्रोपावर समूह २.०६ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल, लगानी तथा जीवन बीमा समूहमा पनि एक प्रतिशतभन्दा बढीको सुधार देखिएको छ। ट्रेडिङ समूह भने सामान्य घटेको छ।




प्रतिक्रिया