बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त तीन केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले देशमा स्वतन्त्रता र स्वाधीनता खण्डित भएको दाबी गरे। उनले राज्य आतङ्क, गुण्डाराज र सरकार फासीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै त्यसलाई रोक्न आन्दोलनको तयारी गर्नुपर्ने बताए।
ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीको सही नीति, विचार र एकताका आधारमा अघि बढ्न कार्यकर्तालाई आग्रह गरे।
गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई प्रतिगमनको योजनाबद्ध शृङ्खलाको संज्ञा दिएका ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले विजयी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए।
सम्बन्धित खबर




प्रतिक्रिया