स्काइ न्युजका अनुसार स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको खबर सार्वजनिक भएको हो। यद्यपि, मृतकको उक्त संख्या स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
दुर्घटनाप्रति स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै घटनाबाट आफू स्तब्ध भएको बताएका छन्।
प्रधानमन्त्री सान्चेजले दुर्घटनाबारे यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्।
दुर्घटनाको कारण र क्षतिको थप विवरण सार्वजनिक हुन बाँकी छ।
सम्बन्धित खबर




प्रतिक्रिया