काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार महानगरले एक–दुई दिनभित्र सार्वजनिक सूचना जारी गरी चारै क्षेत्रबाट अनुगमन गर्नेछ। प्रतिबन्धविपरीत प्लास्टिक तथा आयातित फूल बिक्री गरेको पाइएमा जफत गरी कारबाही गरिने उहाँले बताउनुभयो।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको तिहारमा करिब ९४ लाख ८० हजार थान फूलमाला तथा अन्य पुष्प सामग्रीको कारोबार हुने अनुमान छ। यसबाट करिब ६४ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
नेपाल मखमली फूलको उत्पादनमा आत्मनिर्भर बनिसकेको छ भने सयपत्रीमा पनि आत्मनिर्भरताको अवस्था नजिक पुगेको एसोसिएसनले जनाएको छ। यस वर्ष ६ लाख मखमली माला र ४५ लाख सयपत्री मालाको माग रहने अनुमान छ।
देशका ५४ जिल्लामा फैलिएको पुष्प व्यवसायमा एक हजार ४४५ भन्दा बढी व्यवसायी संलग्न छन्। आर्थिक वर्ष २०८२/८३ मा पुष्प व्यवसायको कारोबार तीन अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ। तर, पुष्प तथा पुष्पजन्य वस्तुको आयात बढ्नु र निर्यात घट्नुले यस क्षेत्रमा चुनौती कायमै रहेको व्यवसायीहरूले बताएका छन्।




प्रतिक्रिया