बुधबार मन्त्रालयमा भएको भेटवार्तामा दलित सहायता कक्षलाई प्रभावकारी बनाउने, पीडितका उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्ने तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने विषयमा जोड दिइएको थियो।
त्यस्तै, महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण र पुनर्स्थापना तथा मानव बेचबिखन रोकथामका लागि सीमा क्षेत्रमा निगरानी बढाउने विषयमा पनि छलफल भएको छ।
भेटमा मन्त्रालय र नेपाल प्रहरीबीच समन्वय सुदृढ गर्दै पीडितमैत्री सेवा प्रवाह र सीमान्तकृत समुदायको अधिकार संरक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया