ADVERTISEMENT

डलर स्थिर, युरो र अस्ट्रेलियन डलर बढे

काठमाडौ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो र अस्ट्रेलियन डलरको भाउ बढेको छ। पाउण्ड स्टर्लिङ, स्वीस फ्र्यांक, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम छ। युरोको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा पुगेको छ।

त्यस्तै, पाउण्ड स्टर्लिङ र स्वीस फ्र्यांकको मूल्य घटेको छ। अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा कायम हुँदा क्यानेडियन र सिंगापुर डलरको मूल्यमा सामान्य गिरावट आएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार