ADVERTISEMENT

बझाङमा साढे ५ किलो चरेसजस्तो पदार्थसहित एक जना पक्राउ

धनगढी । बझाङमा चरेसजस्तो देखिने ५ किलो १९५ ग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ का ३० वर्षीय कटक जप्रेल रहेका छन्। उनलाई बित्थडचिर गाउँपालिका–८ स्थित बागथला बजारमा जयपृथ्वी राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आइतबार साँझ चैनपुरबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बस जाँच गर्ने क्रममा पछाडिको डिक्कीमा कालो झोलाभित्र लुकाइएको उक्त पदार्थ फेला परेको थियो।

प्लास्टिकसहित ५ किलो ४५० ग्राम र शुद्ध तौल ५ किलो १९५ ग्राम रहेको उक्त पदार्थसहित जप्रेललाई नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोष्ट बागथलामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार