काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पेरिसडाँडास्थित पार्टी कार्यालयबाट अभियानको शुभारम्भ गरेका हुन्।
अभियानका क्रममा केन्द्रीय नेताहरूको नेतृत्वमा टोली गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव तथा आलोचना सुन्नेछ।
महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, सार्वजनिक सेवामा ढिलासुस्ती, सुकुमबासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीका कठिनाइबारे तथ्य तथा अनुभव सङ्कलन गरिने पार्टीले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया