ADVERTISEMENT

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै

काठमाडौँ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। यससँगै १५दिन लामो बडादसैँ पर्व समापन हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ। जाग्राम बसेकामानिसको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न हुनेछ। साथै, विजयादशमीदेखि सुरु भएकोटीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम समाप्त हुनेछ। आजै जमरालाई नदी, तलाउ तथा पोखरीमा विसर्जन गर्ने चलन छ।

कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। यस दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा सवार इन्द्रको पूजा गर्ने तथा जुवा खेल्ने परम्परासमेतरहेको छ। यससँगै दुर्गा पक्षको औपचारिक समापन हुन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार