ADVERTISEMENT

प्रहरीको निःशुल्क बस सेवाबाट १,४०६ जना लाभान्वित

काठमाडौ । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना लाभान्वित भएका छन्।

 

प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जनाले सेवा लिएका हुन्। लाभान्वितमध्ये ६६९ जना पुरुष र ७३७ जना महिला रहेका छन्।

 

आम नागरिकको सहज आवागमन र सुविधालाई ध्यानमा राख्दै प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौं उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार