काठमाडौं । विजया दशमीको अवसरमा आज देशभर बडादसैँको टीका लगाइँदै छ। बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो।
मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै रातो टीका र जमरा लगाउने परम्पराअनुसार बिहानैदेखि घरघरमा टीका लगाउने क्रम जारी छ। विजया दशमी आफैँमा शुभ दिन भएकाले साइतमा टीका लगाउन नभ्याउनेले पनि दिनभर टीका लगाउन सक्ने बताइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ८ः४९ बजे देवी विसर्जनको साइत निर्धारण गरेको थियो। टीका लगाएपछि कतिपय सर्वसाधारण काठमाडौं बाहिर जान थालेका छन्। बडादसैँको टीका र जमरा पूर्णिमासम्म लगाउने परम्परा रहेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया