ADVERTISEMENT

फ्रान्समा हिंसा नियन्त्रण गर्न सेना परिचालन गरिने

पेरिस। फ्रान्स सरकारले हालैका हिंसा र लुटपाट नियन्त्रण गर्न आगामी शनिबार हुने प्रदर्शनका लागि प्रहरीसँगै सेना परिचालन गर्ने भएको छ।

 

प्रधानमन्त्री सेबास्टियन लेकोर्नु र गृहमन्त्री लरेन नुनेजले सुरक्षा व्यवस्थामा कमजोरी भएको स्वीकार गर्दै आगामी प्रदर्शनमा कडा सुरक्षा अपनाइने बताएका छन्।

 

हिंसापछि प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको छ भने घटनाको अनुसन्धानका लागि २०० अनुसन्धानकर्ता परिचालन गरिएको छ।

 

महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवामा बजेट अभावको विरोधमा विद्यार्थी संगठन यूएनईएफ र ‘यल्लो भेस्ट’ समूहले प्रदर्शन जारी राख्ने घोषणा गरेका छन्।

 

हिंसा र लुटपाटका कारण फ्रान्सको अर्थतन्त्रमा समेत असर परेको छ। सुपरमार्केट चेन क्यारेफोरले करोडौँ युरो बराबरको क्षति भएको जनाएको छ। यसैबीच, इटाली र अल्बानियामा पनि सरकारविरोधी प्रदर्शन तथा अशान्ति बढिरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार